
काठमाडौँ, २ साउन । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको पहिलो बैठकले महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्राप्त सुझाव अध्ययन गर्न दुईवटा समिति गठन गरेको छ।
नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले राजनीतिक प्रतिवेदनमाथि प्राप्त सुझावको अध्ययन गर्न अध्यक्ष ओलीको संयोजकत्वमा गठन गरेको समितिमा उपाध्यक्षहरु भीमरावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्यहरु शंकरपोखरेल र छबिलाल विश्वकर्मा सदस्यर हनुभएको छ।
सचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार संगठनात्मक प्रतिवेदन र विधानबारे आएका सुझाव अध्ययनका लागि बनाएको अर्को समितिमा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट तथा केन्द्रीय सदस्यहरु बेदुराम भुसाल, विन्दा पाण्डे र अग्नी खरेल सदस्य रहनु भएको छ ।
शुक्रवार नै बसेको केन्द्रीय कमिटिको पहिलो बैठकले दोस्रो बैठक साउन २५ गते काठमाडौंमा बस्ने निर्णय गरेको छ । उक्त बैठकमा महाधिवेशनको समीक्षा, पोलिट्ब्यूरो तथा स्थायी समिति गठन, पदाधिकारी तथा केन्द्रीय सदस्यको मर्यादा क्रम तोक्ने, कार्यविभाजन र केन्द्रीयक मिटिमा मनोनित गर्नेसहितका कार्यसूचीमाथि छलफल गर्ने भट्टराईले जानकारी दिनुभयो ।













प्रतिक्रिया