२९ आश्विन २०८३, बिहिबार

बाटोमा पैसा छरेर चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौं, २ साउन । अपरिचित व्यक्तिले बाटोमा पैसा छरेर खिचापोखरीमा किनमेल गर्न गएको समयमा भारत पटनाका मनोज कुमार भगतको कारबाट समान चोरी गरी फरार भएका छन् ।

डाबर नेपालमा कार्यरत भगत बा ५ च ११४८ नम्वरको कार चडेर बुधबार साँझ समान खरिद गर्न खिचापोखरी पुगेका थिए।

अपरिचित व्यक्तिले १० को नोट फालेर दाई तपार्इॅको पैसा खस्यो’ भनी देखाएपछि झोला कार भित्र राखेर पैसा टिप्न खोज्दा चोरले झोला लिएर फरार भएको प्रहरीले जनाएको छ।

चोरले कार भित्र रहेको ल्यापटप, मोवाईल, बैंकको क्रेडिट कार्ड, भारतीय राहदानी र भारतीय पान कार्ड तथा एनसेलको सीमकार्ड चोरी गरी फरार भएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ। प्रहरी फरार चोर पक्राउ गरेको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट