१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कोइराला मंगलवार नेपाल आइपुग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil

काठमाडौँ, १ साउन । फोक्सोमा सेतो दाग देखिएपछि उपचारका लागि अमेरिका जानु भएका प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

गत असार २ गते उहाँ अमेरिका जानु भएको थियो । परिक्षणका क्रममा क्यान्सर भएको पुष्टी भएपछि कोइरालाले न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा रेडियोथेरापी गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार कोइराला मंगलवार नेपाल आइपुग्नु हुनेछ । स्वेदश फर्किनुअघि पुनः स्वास्थ्य परीक्षण गराउने तयारी भएकाले उहाँ आउने समय तालिकामा हेरफेर पनि हुन सक्ने बुझिएको छ ।