२९ आश्विन २०८३, बिहिबार

नेपाल सपथ ग्रहणपछि भारत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepal

काठमाडौँ, १ साउन । नेकपा एमालेको नवौँ महाधिवेशन औपचारिक समापन भएकै दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीसँग झिनो मतले अध्यक्ष पदमा हार्नु भएका नेपाल बिहीवार नै एमाले मुख्यालयमा भएको सपथ ग्रहण कार्यक्रमपछि भारत प्रस्थान गर्नुभएको हो । स्तन क्यान्सरको उपचार गराइरहनु भएकी नेपालकी बहिनी बसुधा पोखरेललाई भेट्न उहाँ दिल्ली जानु भएको उहाँका निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेपाल साँझ ६ः४० मा स्काई जेटमार्फत त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्नुभएको हो । व्यक्तिगत एवं पारिवारिक भ्रमण भएकाले उहाँले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको गौतमले जानकारी दिनुभयो । नेपाल शनिबार काठमाडौं र्फकने कार्यक्रम छ ।