काठमाडौँ, १ साउन । बजेटका विषयमा विभिन्न खालका चर्चा चलिरहेका बेला अर्थमन्त्री डा. रामशरण महतले भने बजेट भाषणसँगै मुलुकमा लगानी भित्र्याएर आर्थिक क्रान्तिको प्रारम्भ गर्ने दाबी गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा महतले यस्तो दाबी गर्नुभएको हो । ‘बजेटसँगै दर्जनौं विद्येयकहरु संसदमा प्रस्तुत भएका छन्,’उहाले भन्नुभयो, ‘बजेट अनुमोदन भएपछि नेपालको समृद्धिको अभियान सुरु हुने छ ।’
त्यसैगरी उहाँले शतप्रतिशत बजेट कार्यान्वयन हुने दाबी समेत गर्नुभएको छ । पेश्की खर्च विद्येयक पास हुने वित्तिकै अर्थमन्त्रालयका उच्च अधिकारी र विभिन्न मन्त्रालयका उच्च अधिकारीहरुलाई तत्काल बजेट कार्यान्वयनको प्रक्रिया थाल्न निर्देशन दिइसकेको उहाँको दाबी थियो ।
माओवादी विकास विरोधी नभएको भन्दै उहाँले बजेटसँगै संसदको यही अधिवेशनबाट विद्येयक पारित हुने पनि दाबी गर्नुभयो । बजेटले भौतिकपूर्वाधारको निर्माण गर्ने, आधुनिककरण र यान्त्रिकरणसँगै कृषि क्षेत्रलाई नयाँ जीवन दिने उहाको भनाई थियो ।
















प्रतिक्रिया