१ कार्तिक २०८३, आइतबार

तीन ओटै सुरक्षा निकायको भूमिकालाई थप प्रभावकारी बनाउनु आवश्यकः गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam1

काठमाडौं, १ साउन । उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले संघीय शासन व्यवस्थामा सुरक्षा नीति कस्तो हुने भन्नेबारे दलहरुले छलफल थाल्नुपर्ने बताउनु भएको छ ।

नेपाल नीति प्रतिष्ठानले बिहीवार राजधानीमा गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । नेपालको सुरक्षा नीतिबारे पनि सार्वजनिक बहस आवश्यक भएको उहाँको भनाई थियो ।

कार्यक्रममा गौतमले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि संघीय व्यवस्थामा जाँदा सुरक्षा नीतिलाई थप प्रभावकारी बनाउने गरी संरचना तयार गरिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले अहिले मुलुकको सुरक्षा अवस्था कमजोर रहेको भन्दै सुरक्षा निकायलाई चुस्त बनाउन सरकार गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।