१ कार्तिक २०८३, आइतबार

सभापति स्वास्थ्य उपचारमा, महामन्त्री तिर्थयात्रातिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-sitaula

काठमाडौं, १ साउन । संविधानसभाको महत्वपूर्ण समिति संविधानसभामा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला सबै कामलाई थाती राखेर देउघरतर्फ लाग्नु भएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनु भएका सिटौला परिवारसहित तिर्थयात्राका लागि भन्दै जोगवनी हुँदै भारतको देउघर जनु भएको हो ।

उहाँ बिहीबार बिहानै काठमाडौंबाट बिराटगनर विमानस्थलमा परिवारसहित प्ग्नु भएको थियो । उहाँले बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउघर जान लागेको बताउँनु भयो ।

प्रधानमन्त्री एवम् नेपाली कांगे्रसका सभापती सुशील कोइराला स्वास्थ्य परिक्षणका लागि अमेरिकामै रहेका बेला सिटौला तिर्थयात्रामा लाग्नु भएको हो ।