काठमाडौं, १ साउन । कार्यवाहक प्रधानमन्त्री एमव् एमाले उपाध्यक्ष वामदेव गौतम नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बधाई दिन बिहीवार विहानै वालकोट पुग्नु भएको छ ।
सयौँ कार्यकता ओलीलाई भेट्न र बधाई दिन बिहीवार बालकोट पुगेका थिए । गौतम पुगेपछि आम कार्यकर्तालाई समेत केही समय ओलीलाई बधाई दिन र भेटघाट गर्न दिइएन । गौतमले ओलीसँग करिब २० मिनेट कुराकानी गर्नुभएको थियो ।
ओलीको स्वास्थ्यलाई ख्याल गरेर उहाँलाई बधाई दिन पुगेका एमाले नेता, कार्यकर्ता तथा सुभेच्छुलाई फुल माला लगाउन र दिन बन्देज गरिएको थियो । अध्यक्ष ओलीलाई बधाई दिन गएका अधिकांशले फोटो खिचेका थिए ।
फोटो खिच्दा पनि नवनिर्वाचित ओलीलाई नछोइकन खिच्न भनिएको थियो । ओलीलाई बधाई दिनेको भिड मिलाउन ओलीका निजी सचिव इन्द्र भण्डारीलगायतलाई धौ–धौ परको थियो ।
कार्यकर्ताको भिडभाड र खटाइका कारण ओलीको अनुहार एकदम थकित र सिथिल देखिन्थ्यो ।
















प्रतिक्रिया