२९ आश्विन २०८३, बिहिबार

एमाले नवौँ महाधिवेशनको औपचारिक समापन आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

ठमाडौं, १ साउन । नेकपा एमालेको नवौँ महाधिवेशनको औपचारिक समापन बुधवार गर्ने भनिए पनि मत परिणाम नआएकाले एक दिन ढिला गरेर बिहीवार समापन गरिँदैछ ।

निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले दिएको जानकारी अनुुसार महाधिवेशनको समापनका लागि बिहीबार एमाले केन्द्रीय कार्यालय, बल्खुमा कार्यक्रम तय गरिएको छ । समापन कार्यक्रमकै अवसरमा विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गरिने छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार कूल १ सय १५ पूर्ण केन्द्रीय सदस्यमा ओली पक्षका ६७ जना र नेपाल पक्षका ४४ जना विजयी भएका छन् । असार १९ गतेबाट सुरु भएको महाधिवेशन औपचारिक रुपमा बिहीवार समापन हुदैँछ ।