२९ आश्विन २०८३, बिहिबार

रुद्राक्षमा चिनियाँ आकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rudrakshaकाठमाडौं, १ साउन । पूर्वी नेपालमा उत्पादन हुने रद्राक्षमा पछिल्लो समय चिनियाँको आकर्षण बढ्न थालेको छ । दुई वर्षयता रुद्राक्ष खोज्ने चिनियाँ बढ्न थालेको व्यवसायी बताउँछन्।
‘दुई वर्षदेखि चिनियाँहरू धेरै आउन थालेका छन्,’ पशुपतिस्थित श्री अग्रवाल रुद्राक्ष भण्डारका व्यवसाय भन्छन्, ‘पोहोरभन्दा यसपालि अझ धेरै आएका छन् ।’

उनका अनुसार चिनियाँले जस्तो पायो त्यस्तै रुद्राक्ष किन्दैनन् । राम्रो र स्तरीय रुद्राक्ष उनीहरुको रोजाइमा पर्ने गरेको छ । यसको माग पनि प्रशस्त भएको उनले बताए । सफा, गोलो, पुष्ट देखिने, पाकेको, चिल्लो रद्राक्षलाई राम्रो भनिन्छ । काठमाडौंको पशुपति क्षेत्र रुद्राक्ष व्यापारको केन्द्र मानिन्छ ।

यसअघिसम्म नेपाली रुद्राक्षको मुख्य बजार भारत थियो । चिनियाँको चासोसँगै यसको निकासी पनि बढेको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७०/०७१ को साउनदेखि जेठसम्मको ११ महिनामा आठ लाख २० हजार किलो रुद्राक्ष निर्यात भएको छ । यसबाट चार करोड ८९ हजार रुपैयाँ नेपाल भित्रेको छ ।

अधिकांश निर्यात चीनमा भएको छ । केही केही भारत लगिएको छ । अघिल्लो वर्ष यही समयमा भने तीन लाख ५८ किलो निर्यात भएको थियो । त्यसबाट एक करोड ६४ लाख रुपैयाँ नेपाल भित्रेको केन्द्रको तथ्यांकमा उल्लेख छ । नागरिक दैनिकबाट