२९ आश्विन २०८३, बिहिबार

अधिकारी दम्पती औषधिबाट वञ्‍चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Adhikari Dampatiकाठमाडौं, १ साउन । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै दुई सय ६४ दिनदेखि अनशनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र पत्‍नी गंगामायालाई वीर अस्पतालले खुवाउँदै आएको टोटल प्यारेन्टाइन न्युट्रसन टिपिएन पोषणयुक्त औषधि दिन छाडेको छ। यो औषधिले नै हालसम्म अधिकारी दम्पतीको जीवन बचाएको थियो।

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार रकम अभावका कारण यो औषधि दिन छाडिएको हो। यसअघि अधिकारी दम्पतीको उपचार खर्चको जिम्मेवारी वीर अस्पतालले लिने र त्यसका लागि सरकारले सहयोग गर्ने सहमति भएको थियो।

सेन्चुरीले भने, ‘सहमतिअनुसार उपचार गर्दै आएका थियौं, तर स्वास्थ्य र गृह मन्त्रालयबाट सहयोग भएन। औषधिपसलले हामीलाई टेरेन, त्यसको विकल्प हामीसँग पनि भएन।’

अस्पतालले उक्त औषधि खरिद गर्दा मात्र २१ लाख रुपैयाँ ऋण लागेको जनाएको छ। पुरानो भुक्तानी नदिएसम्म औषधि पसलले औषधि नदिएको र अधिकारी दम्पतीको उपचारका लागि अस्पतालको ६ लाख रुपैयाँ खर्च गरेको उनको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकबाट