२९ आश्विन २०८३, बिहिबार

एमालेको महाधिवेशन समापन कार्यक्रम स्थगन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, ३२ असार । नेकपा (एमाले) को नवौँ महाधिवेशनको मतगणना बुधवार सकिँदैछ ।

अध्यक्षसहित १४ जना पदाधिकारीको मत परिणाम मङ्गलबार राति सार्वजनिक भएपछि बुधवार केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारीको अन्तिम मतगणना दशरथ रङ्गशालामा जारी छ ।

अधिकांश सदस्यको मतगणना सकिएको बुझिए पनि औपचारिक घोषणा भइसकेको छैन ।

एमाले महाधिवेशन प्रचार विभागका सचिव सूर्य थापाका अनुसार बुधवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा समापन कार्यक्रम आयोजना गरिएकामा मतगणना जारी रहेकाले स्थगित गरिएको छ ।