२८ आश्विन २०८३, बुधबार

मलेसियास्थित नेपाली दूतावास आइतबार पनि खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia

काठमाडौँ, ३२ असार । मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ ।

आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको क्वालालम्पुरबाट मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले राससलाई बताउनुभयो ।

हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने राहदानी (एमआरपी)ले प्रतिस्थापन गर्न सेवाग्राहीलाई सहजहोस् भनेर हामीले आइतबार पनि सेवा प्रवाह गर्ने निर्णय गरेका हौँ– उहाँले भन्नुभयो, यहाँ कार्यरत नेपालीलाई आइतबार बिदा हुन्छ, बिदाका दिन उनीहरुलाई सेवा प्राप्त गर्न सजिलो हुनेछ ।

शुक्रबार भने दूतावास बन्द हुने जानकारी दिँदै राजदूत बस्न्यातले आइतबार दूतावास सञ्चालन गरेपनि यहाँ रहेका नेपालीलाई दूतावासबाट एमआरपी प्राप्त गर्न सजिलो हुने बताउनुभयो । हाल मलेसियामा पाँच लाखको हाराहारीमा नेपाली कार्यरत छन् । रासस