काठमाडौं, ३२ असार । नियमअनुसार कागजात उपलब्ध नगराएको भन्दै उडान सञ्चालनमा रहेका वायुसेवा तथा हेलिकोप्टर सेवा कम्पनीको अनुमति प्रमाणपत्र (लाइसेन्स) नवीकरण नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय पर्यटनमन्त्री भीम आचार्यले केही घन्टामै उल्टाइदिएका छन्।
सम्बद्ध स्रोतका अनुसार लाइसेन्स नवीकरण हुन नसकेका वायुसेवा कम्पनी तथा हेलिकोप्टर सेवाप्रदायकको ‘दबाबुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आचार्यले मंगलबार राति उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनलाई ठाडो आदेश दिएर निर्णय उल्टाएका हुन्। नयाँ निर्णयअनुसार कागजात उपलब्ध गराउन एक महिना म्याद थपिएको छ।
मन्त्री आफैं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन्। सञ्चालक समितिको काम वायुसेवा र हेलिकोप्टर कम्पनीको लाइसेन्स जारी वा नवीकरण गर्ने भने होइन।
प्राधिकरणले एक वर्षदेखि वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरणका लागि आवश्यक कागजात उपलब्ध गराउन ताकेता गर्दै आएको थियो। यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको वायुसेवा अनुमति प्रमाणपत्रसम्बद्ध ‘सिग्निफिकान्ट सेफ्टी कन्सर्नु र युरोपेली आयोगको कालोसूचीबाट उम्किन बनाइएको ‘चेकलिस्टु अनुसार कागजात उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको थियो। नागरिक दैनिकबाट















प्रतिक्रिया