काठमाडौं, ३२ असार । एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले एउटै प्यानलले नजितेकोमा खुसी व्यक्त गरेका छन्।
मतगणनाको परिणाम आएपछि संचारकर्मीसँग खनालले भने, ‘प्यानल नआएको राम्रो भयो। प्रतिनिधिहरूले जे निर्णय गरे, सुविचारित ढंगले मतदान गरे। यसले पार्टीलाई बढी खँदिलो र एकतातिर लैजान्छ।’ उनले यस्तो परिणाम आउने जानकारी आफूलाई पहिल्यै थाहा भएको दाबी पनि गरे। ‘यो पार्टीमा म चारचारपटक नेता भएको मान्छे हुँ। कार्यकर्ताले कसरी निर्णय गर्छन् भन्ने कुरा मलाई मुटुको ढुकढुकीदेखि नै थाहा हुन्छु, उनले भने, ‘त्यसै कारण यस्तै परिणाम आउँछ भन्ने मलाई थाहा थियो।’
नेतृत्वका लागि भएको निर्वाचन परिणामले आफ्नो पार्टी झन् एकताबद्ध र सुदृढ हुने दाबी गरेका छन्। पदाधिकारीमा दुवै प्यानलका बराबरी नेता निर्वाचित भएपछि प्रफुल्ल मुद्रामा खनालले भने, ‘यो निर्वाचनपछि एमाले एकताबद्ध रहनेछ। अझ बढी एकताबद्ध र सुदृढ रहनेछ भन्ने सन्देश यसले दिएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट
















प्रतिक्रिया