२९ आश्विन २०८३, बिहिबार

‘गुटबन्दी संस्थागत, अन्तरकिचलो यथावत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Gutकाठमाडौं, ३२ असार । एमाले अध्यक्षमा केपी शर्मा ओलीको विजयले सरकार सञ्चालन र संविधान निर्माणमा असर नगर्ने नेता एवं विश्लेषकले टिप्पणी गरेका छन्। नवौं महाधिवेशनले एमालेमा गुटबन्दीलाई संस्थागत गरेकाले आन्तरिक किचलो भने झन्झन् झाँगिने उनीहरूको बुझाइ छ।

नवनिर्वाचित अध्यक्ष ओली र माधवकुमार नेपाल केन्द्रीय नेतृत्वका लागि पूरै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रँदा पार्टीमा तलदेखि माथिसम्मै गुटबन्दी संस्थागत भएको टिप्पणी गर्दै उनीहरूले त्यसले दलीय राजनीतिलाई कमजोर बनाउने आँकलनसमेत गरेका छन्।

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले एमालेको नयाँ नेतृत्व चयनबाट संविधान निर्माण र सरकार सञ्चालनमा कुनै असर नपर्ने बताए। ‘उहाँहरूको नीति सहमतिमै पास भएको छ,’ पौडेलले भने, ‘नीतिमा फरक छैन, संविधान र सरकार सञ्चालनमा केही फरक पर्दैन।’ नेतृत्वमा चुनिएका ओली र नेपाल दुवैसँग राम्रो सम्बन्ध रहेको सुनाउँदै पौडेलले भने, ‘एमाले हाम्रो मित्र पार्टी हो, आन्तरिक प्रतिस्पर्धाबारे केही भन्नु छैन।’

एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले पार्टीको आन्तरिक जीवनमा नेतृत्व चयन र प्रतिस्पर्धा स्वाभाविक भए पनि एमालेभित्र नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धा अस्वाभाविक भएको टिप्पणी गरे। आन्तरिक प्रतिस्पर्धामा पूरै प्यानल बनाएर अघि बढ्दा दलीय राजनीतिलाई कमजोर बनाउने उनको तर्क छ।

‘एमालेमा जुन प्रणालीबाट नेतृत्व चयन भएको छ, त्यसबाट अन्य राजनीतिक दलहरुले पनि शिक्षा लिनुपर्ने हुन्छ,ु बोगटीले नागरिकसँग भने, ‘पार्टीभित्रै सत्ता पक्ष र प्रतिपक्ष खडा हुँदा पार्टी राजनीति कमजोर हुन्छ।’

नेतृत्वका लागि एमालेमा भएको प्रतिस्पर्धाको छाया संविधान निर्माण र सरकारमा समेत केही जटिलता ल्याउन सक्ने बोगटीले बताए। ‘आन्तरिक एकता हुँदा सहमतिका लागि सहज हुन्छ,’ उनले भने, ‘एउटै दलमा फरक धारणा र पोजिसनले दलीय सहमतिलाई प्रभाव पार्छ।’

तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लले संविधानसभा, त्यसअन्तर्गतका समिति बैठक र छलफलमा गुटगत धारणा आउने गरेको स्मरण गर्दै शुक्लले आगामी दिनमा एमाले स्पष्ट मार्गचित्रसहित प्रस्तुत हुने अपेक्षा गरे। ‘सहमतिका लागि आवश्यकताअनुसार अडान र लचकता मात्र होइन, पार्टीभित्र एउटै धारणा आवश्यक छ,ु शुक्लले भने, ‘त्यसले मात्र शान्ति र संविधान निर्माण लक्ष्य प्राप्ति हुन्छ।’

एमाले विवादले नेपाल नेतृत्वको सरकार परिवर्तन भएको स्मरण सुनाउँदै शुक्लले भने, ‘बहुमतको निर्णय मान्दै सबैलाई समेटेर अघि बढे एमालेको आन्तरिक जीवनको प्रतिस्पर्धाले मुलुकको राजनीतिमा कुनै फरक पर्दैन,ु शुक्लले भने, ‘बहुमतको निर्णय नमान्ने र खिचातानी सुरु हुने हो भने शान्ति र संविधान निर्माणलाई प्रभाव पार्छ।ु नागरिक दैनिकबाट