२८ आश्विन २०८३, बुधबार

आलुमा भेटियो शतप्रतिशत विषादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Potetoकाठमाडौं, ३२ असार । दैनिक उपभोग्य वस्तु तरकारी आलुमा शतप्रतिशत घातक विषादी भेटिएको छ। कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालाको स्पेक्टो फोटो मिटरको सहयोगमा आलु परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्री हुँदै आएका आलुलगायतका तरकारीमा निर्देशनालयले नियमित परीक्षण गर्दै आएको छ।

परीक्षणका क्रममा मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक विषादी भेटिएका छन्। परीक्षण प्रतिवेदनका अनुसार तुलनात्मक रूपमा भारतबाट आएका तरकारीभन्दा स्वदेशमै फलेका तरकारीमा यस्तो विषादीको मात्रा बढी भेटिएको छ।

आलुलगायतका तरकारीमा मुख्य गरी कार्बोनेट तथा अग्रेनोफस्फेट अन्तर्गतको विषादीको अवशेष पाइएको हो। अगे्रनोफस्फेट समूहअन्तर्गत करिब ८० प्रतिशत विभिन्न प्रकारका घातक विषादी पर्दछन्।

कालीमाटी बजारका अध्यक्ष तथा मन्त्रालयका सहसचिव मोहन चापागाईंले स्वदेशमा फलेका र बाहिरी मुलुकबाट आयात भएका दुवै थरीका तरकारीमा घातक बिषको मात्रा भेटिएको जानकारी दिए। उनले भने, ‘कतिपय स्वदेशी उत्पादनमै अत्यधिक मात्रामा भेटिएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट