२९ आश्विन २०८३, बिहिबार

प्राध्यापक कब्जामा उपकुलपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Offic-600x240काठमाडौं, ३२ असार । विद्यार्थी उद्दण्ड र उच्शृंखल भए शिक्षकले सम्झाउँछन्, सही बाटो देखाइदिन्छन्। शिक्षक नै त्यस्तो बाटो हिँडिदिए कसले सम्झाउनेरु
त्रिभुवन विश्वविद्यालयमा हुने शिक्षकरप्राध्यापक आन्दोलनले कहिलेकाहीँ यस्तै गम्भीर प्रश्न जन्माउँछ।

मंगलबार पनि त्यस्तै भयो। लोकतान्त्रिक प्राध्यापक संघ आबद्ध प्राध्यापकहरुले आफ्ना माग पूरा गराउन दबाबकै लागि विश्वविद्यालयका उपकुलपति र शिक्षाध्यक्षलाई साढे ६ घन्टा घन्टा कार्यकक्षमै थुनिदिए। विरोधका विविध शैली छाडेर ‘अराजकु शैली अँगालेका प्राध्यापकका माग जायज नै भए पनि उनीहरुमाथि अब एउटा साधारण विद्यार्थीले पनि प्रश्न उठाउन सक्छ– अब आचरण र नैतिक शिक्षा कसले सिकाउने ?’

तराई मधेस लोकतान्त्रिक पार्टी निकट संघका अध्यक्ष उदयकिशोर तिवारी संयोजकत्वको टोलीले विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई मंगलबार दिउँसो २ बजेबाट कार्यकक्षमै नियन्त्रणमा राखेका थिए।

सुरुमा उपकुलपति महर्जनको कार्यकक्ष पुगेका उनीहरुले रजिस्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष न्यौपानेलाई त्यहीँ बोलाउन लगाएका थिए। पौडेल व्यस्तता देखाउँदै आएनन्, तर शिक्षाध्यक्ष न्यौपाने तत्कालै उपकुलपति कार्यालय पुगेका थिए।

संघले त्रिविमा विभिन्न तह र तप्कामा पदाधिकारी नियुक्त गर्दा संघको २५ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, आंशिक १२ सय शिक्षकलाई करार नियुक्ति दिनुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज र त्यसका आंगिक क्याम्पसहरुमा मेडिकलका विद्यार्थी भर्ना गर्दा समावेशी गरिनुपर्नेलगायत माग अघि सार्दै आएको छ।

संयोजक तिवारीले त्रिवि पदाधिकारीले माग पूरा गरिदिने भनी पटक–पटक लिखित सहमति गरे पनि सम्बोधन नगरेकाले बाध्य भएर पदाधिकारीलाई नियन्त्रणमा लिइएको स्विकारे। ‘त्रिवि पदाधिकारीले ०६८ र ६९ मै हाम्रा माग पूरा गर्न लिखित सहमति नै गरेका थिए,’ उनले भने, ‘हालसम्म पनि बेवास्ता गरेकाले माग पूरा गराउन पदाधिकारीलाई नियन्त्रणमा लिनुको विकल्प नै भएन।’ संघलाई बाइपास गरेर त्रिविलाई कुनै काम गर्न नदिइने उनले चेतावनीसमेत दिए। नागरिक दैनिकबाट