काठमाडौं, ३१ असार । थाइल्याण्डमा सोमबार पुनः पक्राउ परेका पूर्व युवराज पारस शाह रिहा भएका छन् ।
सोमवार पूर्वयुवराज पारसका साथमा २ पोका गाँजा फेला थाइ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
निर्मल निवास स्रोतका अनुसार सोमवार बैंककस्थित डेविट होटलबाट अपरान्ह केही गाँजासहित पारसलाई पक्राउ गरिएको थियो । थाई दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई सो विषयमा जानकारी दिईसकेको छ ।
उदण्ड क्रियाकलापका कारण सधै चर्चामा आईरहने पारस नेपाली राजतन्त्रका अन्तिम युवराज हुन् ।
शाह बैंककको होटलबाट पक्राउ परे पनि उनी केही समयदेखि बैंकक बाहिर बस्दै आएका थिए । लामो समयदेखि प्रेमिकासँग थाइल्याण्डमा बस्दै आएका शाह यसअघि पनि त्यहाँ पक्राऊ परेर छुटेका थिए । गम्भीर बिरामी भएर पुनर्जीवन पाएका उनी नेपाल आउने चर्चा भए पनि हालसम्म उतै बस्दै आएका छन ।














प्रतिक्रिया