१ कार्तिक २०८३, आइतबार

को-को ले जिते पदाधिकारीमा ? झलनाथ बाहेक केपी-माधव पदाधिकारीमा बराबरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepal

काठमाडौं, ३१ असार । नेकपा एमालेका नवौं महाधिवेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्षमा उहाँकै प्यानलका वामदेव गौतम र विद्या भण्डारी निर्वाचित हुनुभएको छ । यता, वरिष्ठ नेता माधवकुमार नेपालको प्यानलबाट भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ ।

यस्तै, महासचिवमा ओली समूहबाटै ईश्वर पोखरेल निर्वाचित हुनुभयो ।

उपमहासचिवमा नेपाल समूहबाट घनश्याम भुसाल र ओली समूहका बिष्णु पौडेल निर्वाचित हुनुभएको हो । सचिवमा एमालेका वैचारिक नेता शंकर पोखरेल पराजित हुनुभएको छ । उहाँ ओली समूहबाट उम्मेदवार हुनुहुन्थ्यो ।

सचिवमा नेपाल समूहबाट गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित हुनुभएको छ । यसैगरी, ओली समूहबाट प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ निर्वाचित हुनुभएको छ ।

एमाले पदाधिकारीले ल्याएको अन्तिम मत परिणाम यस्तो छ:

अध्यक्ष

केपी ओली १००२ (विजयी)

माधव नेपाल ९६३

उपाध्यक्ष
भीम रावल १०८२ (विजयी)

युवराज ज्ञवाली १०२६ (विजयी)

अष्टलक्ष्मी शाक्य १००६ (विजयी)

बामदेव गौतम १०७७ (विजयी)

बिद्या भण्डारी १०९७ (विजयी)

राजेन्द्र पाण्डे ९९७

लालबाबु पण्डित ९७३

प्रदीप नेपाल ९६६

किरण गुरुङ ९६३

धर्मनाथ प्रसाद शाह ९००

महासचिव

ईश्वर पोखरेल-१०५१ (विजयी)

सुरेन्द्र पाण्डे १०३२

उपमहासचिव

घनश्याम भुसाल १०४१

विष्णु पौडेल-१०४९

रघुजी पन्त- ९३२

शंकर पोखरेल ९९८

सचिव 

गोकर्ण बिष्ट १२०७ (विजयी)

प्रदीप ज्ञवाली ११०६ (विजयी)

योगेश भट्टराई १०३८ (विजयी)

पृथ्वी सुब्बा गुरुङ ९९६ (विजयी)

भीम आचार्य ९८१ (विजयी)

पर्शुराम मेघी गुरुङ ९७७

विष्णु रिमाल ९६८

बेदुराम भुसाल ९५३

रघुबीर महासेठ ८९९

केशवलाल श्रेष्ठ ७३९