काठमाडौं, ३१ असार । महासचिवमा ओली प्यानलकै इश्वर पोखरेल बिजयी हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी रहेपनि उपाध्यक्षमा ओली प्यानलका बामदेव गौतम र बिद्या भण्डारी विजयी हुनुभएको छ । नेपाल प्यानलका भीम रावल बिजयी पनि उपाध्यक्षमा विजयी हुनुभएको छ ।
त्यस्तै उपमहासचिवमा बिष्णु पौडेल विजयी हुनु भएको छ । उहाँ ओली प्यानलकै हुनुहुन्छ । सचिवमा नेपाल प्यानलबाट गोकर्ण बिष्ट र ओली प्यानलबाट प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ बिजयी हुनुभएको छ । अन्य पदाधिकारीको मत जोडेपछि औपचारिक घोषणा हुने बुझिएको छ ।













प्रतिक्रिया