काठमाडौँ, ३१ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई कब्जियत भएको टिप्पणी गर्नुभएको छ । मंगलवार व्यवस्थापिका संसद्मा बजेटमाथि प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले बजेटमा अर्थमन्त्री डा. रामशरण महतको निरिहता प्रकट भएको पनि टिप्पणी गर्नुभयो । उहँले बजेट कुन बैचारिक र दार्शनिक धरातलमा उभिएर बनेको छ भन्नेसम्म प्रष्ट नभएको टिप्पणी गर्नुभयो ।
महतले ल्याएको बजेटले देशमा महगी र बेरोजगारी बढाउने अनि गरीव र धनीबीचको खाडललई वृद्धि गर्ने उहाँको तर्क थियो । एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि बजेटको आलोचना गर्नुभयो ।
















प्रतिक्रिया