१ कार्तिक २०८३, आइतबार

बस र ट्रक एकापसमा ठोकिदा ३४ घाइते, चारको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawolparasi-4

नवलपरासी , ३१ असार । नवपरासीको कावासोतीमा मंगलवार विहान बस र ट्रक एकापसमा ठोकिदा चालकसहित ३४ जना घाईते भएका छन् । नारायणगढ—बुटवल सडक खण्डमा भएको दुर्घटनामा घाईते भएका मध्ये चार जनाको अवस्था गम्भीर छ ।

सुर्खेतको सल्लेरीबाट काठमाडौका लागि छुटेको बस र नारायणगढबाट बुटवलतर्फ जादै गरेको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बस चालक टेकबहादुर बुढा र ट्रक चालक भीम कुँवर तथा यात्रुहरु प्रेम वि.क. र धनबहादुर सिंह गम्भीर घाइते हुन् ।

उनीहरुको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । अरु घाईतेको कावासोतीस्थित मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।