२९ आश्विन २०८३, बिहिबार

विषाक्त तरकारीले बढ्दैछन् रोगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkari Ma Bisadiकाठमाडौं, ३१ असार । राजधानीका वीर र टिचिङ अस्पतालका इमरजेन्सीमा दिनहुँ पेट दुख्यो, बान्ता भयो, छाला चिलायो, टाउको टन्क्यो भनेर फत्रक–फत्रक पर्दै बिरामी छिर्छन्। डाक्टरले झट्ट हेर्नासाथ समस्या खुट्ट्याउँछन् र फुड प्वाइजन भएछ भन्दै औषधि दिएर घर पठाइदिन्छन्।

चिकित्सकका अनुसार यसरी छटपटाउँदै आउने अधिकांश बिरामी विषादीयुक्त तरकारी–फलफूल सेवनका कारण हुने स्वास्थ्य समस्याबाट पीडित हुन्छन्। तरकारी बालीलाई विभिन्न हानिकारक कीराजन्य रोगबाट जोगाउन एवं फलफूल छिटो पकाउन प्रयोग गरिने विषादीको असर कृषक र उपभोक्तामा डरलाग्दो गरी देखिन थालेको चिकित्सकको अनुभव छ। यसरी आउने बिरामीको रेकर्ड भने अस्पतालसँग हुँदैन।

विषादीका कारण कृषक र उपभोक्तामा क्यान्सरलगायत गम्भीर समस्या बढ्दै गएको गुनासो चिकित्सा क्षेत्रमै आउन थालेपछि यससम्बन्धी एक अध्ययनमा जुटेको छ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद।

परिषदले व्यावसायिक तरकारी खेती स् कृषकबीचमा विषादीको प्रयोग र यसको असरु विषयमा हालै गरेको अध्ययनले पनि विषादीको असरले किसानमा आँखाको दृष्टि कमजोर हुने, छालामा संक्रमण हुने, धेरै पसिना आउने, बान्ता हुने, टाउको दुख्ने, शरीर दुख्नेलगायत समस्या देखिएको फेला पारेको छ।

अनुसन्धान अधिकृत सुषमा न्यौपानेले विषादी प्रयोगबारे चेतना अभावले समस्या बढिरहेको बताइन्। ‘अहिले पनि विषादी जथाभावी नै प्रयोग हुने गरेको छ, कति मात्रामा प्रयोग गर्ने, थाहा छैन,’ उनले भनिन्, ‘यही कारण विषादीले डरलाग्दो समस्या देखाइरहेको छ।’

रसुवा, नवलपरासी, इलाम, मोरङ, काभ्रे, बाग्लुङसहित विभिन्न १५ जिल्लामा केन्द्रित अनुसन्धान रिपोर्ट एक महिनाभित्र सार्वजनिक गर्ने परिषदले जनाएको छ। नागरिक दैनिकबाट