म्याग्दी, ३१ असार । हङ्कङमा रहेका म्याग्देलीको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना हङ्कङ)ले जिल्लाको पुरानो सामुदायिक पुस्तकालय म्याग्दी सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ ।
दुई सय एक औँ भानु जयन्तीको अवसरमा सङ्घले पुस्तकालयको व्यवस्थापनका लागि रु ५५ हजार सहयोग प्रदान गरेको हो ।
सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा मोना हङ्कङका सल्लाहकार रुकप्रसाद पुन, सचिव प्रमोद गिरी, प्रमुख अतिथि जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीले पुस्तकालयका निर्वतमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठलाई सो रकम संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको थियो । सङ्घले जिल्लाको शिक्षा, स्वास्थ्यलगायतका विभिन्न सामाजिक कार्यमा सहयोग प्रदान गर्दै आएको छ ।
रकम हस्तान्तरण गर्दै जिल्ला न्यायाधीश रेग्मीले प्रवासमा रहेका म्याग्देलीले जिल्लाको सामाजिक, परोपकारी र विकास निर्माणको क्षेत्रमा पु¥याएको योगदान उत्कृष्ट रहेको भन्दै अन्य ठाउँका प्रवासीले समेत अनुशरण गर्नु पर्ने धारणा राख्नु भयो ।
मोना हङ्कङका सचिव गिरीले जिल्लाको एकमात्र पुरानो सामुदायिक पुस्तकालयको व्यवस्थापनका लागि उक्त रकम सहयोग गरेको जानकारी दिनुभयो । पुस्कालयका निर्वतमान अध्यक्ष श्रेष्ठले सङ्घले पुस्तकालयलाई गरेको सहयोगले पुस्तकालयको व्यवस्थापनमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।














प्रतिक्रिया