२९ आश्विन २०८३, बिहिबार

एमालेलाई पार्टीभन्दा विश्वकप प्यारो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Netaकाठमाडौं, ३० असार । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा भएको मतगणना कार्य विश्वकप फुटबलको फाइनल हेर्न नेताहरू हतारिएका कारण आइतबार राति ९ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ।

आइतबार राति ९ बजेसम्म गणना भएको कूल ३ सय ५० मतमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले अग्रता लिनुभएको छ। एमाले महाधिवेशनका निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले विश्वकप फुटबलको फाइनल खेल परेकाले मतगणना स्थगन भएको बताउनुभयो।

राति मतगणना नगर्ने दुवै पक्षबीच सहमति भएको हो। दुवै समूहबीच तीव्र प्रतिस्पर्धाको अवस्था देखिएको छ। पछिल्लो परिणामअनुसार अध्यक्षका प्रत्यासी ओलीले १ सय ९५ ल्याउनुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपालले १ सय ६३ ल्याउनुभएको छ। नेपाल समाचार पत्र दैनिकबाट