२९ आश्विन २०८३, बिहिबार

ऐतिहासिकस्थलमा बीसासय क्षमा पूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhimfediहेटौंडा, ३० असार । पौराणिक एवम् धार्मिक दृष्टिले भीमफेदीलाई एक मह˛वपूर्णस्थल मानिन्छ।

यस ठाउ को नाम भीमफेदी रहन गएको एक पौराणिक किंवदन्ती छ, जुन कुरा हिमवत् खण्ड पुराणमा उल्लेख भएको पाइन्छ।उक्त पुराणका अनुसार पाण्डवह लाई १४ वर्ष वनवास भोग्नुपर्दा लोहा भवन दहनपश्चात् गुप्तबासकै क्रममा कुनै कारणवश कान्तिपुर जान परेको थियो।

हेटौंडा आउ दा उनको हिडम्बा राक्षसस ग भेट भयो र ती दुवैमा घनघोर लडाइ भयो। भीमसेनका अगाडि हिडम्बाको केही लागेन। आखिर, हार मानी हिडम्बाले आफ्नी बहिनी भुतनास ग भीमसेनको विवाह गराएर सन्धि गरे त्यसपछि राक्षस गणबाट देवगणमा परिणत भएर भुटनदेवी भएको हो भन्ने किंवदन्ती छ।

भीमफेदीबाट ४ किमी दक्षिण धोरसिङ्गमा पुग्दा खानपिन गरी भीमफेदीको बाटो लागे। तर, भीमफेदीस्थित पहाडको फेदीमा पुग्नासाथ कुखुरा बासेको हुँदा त्यो रात त्यहीं बास बस्नुप·यो। यसरी भीमसेन बास बसेको ठाउ भएको हुनाले यस स्थानको नाम भीमफेदी रहन गयो भनिन्छ।

यिनै भीमसेन महाराजको समीपमा दैवीप्रकोप तथा विपत्तिको संकट टार्न भीमफेदीबासीले शनिबार बीसासय क्षमा पूजा गरेका छन्। नेपाल समाचार पत्र दैनिकबाट