२९ आश्विन २०८३, बिहिबार

एमाले मतगणनाको अपडेट: केपी ओलीको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oli

काठमाडौँ, २९ असार । नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

मतगणनास्थलबाट निस्किएका ओली निकट युवा नेता पिताम्बर तिमिल्सिनाका अनुसार, अहिले अध्यक्षका उम्मेदवार केपी ओलीले अग्रता लिएका छन् । ओलीले ६५ मत पाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपालले ३५ मत पाएको बताइएको छ ।

मतगणनास्थल दशरथ रङ्गशालाभित्र आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिएको भएपनि अहिले भर्खरै गणना थालिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीका अनुसार मतगणनाको आचारसंहिता निर्माण तथा सदर-बदर मतको टुङ्गो लगाउँदा गणना कार्य ढिला हुन पुगेको हो ।

पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको गणना एकैचोटी सुरु गरिएको छ । अहिले विभिन्न छ ठाउँमा मतगणना कार्य भइरहेको छ ।

मतगणनास्थल बनाइएका कारण त्रिपुरेश्वरस्थितको राष्ट्रिय खेलकुद परिषद्को काम प्रभावित भएको छ ।

परिषद्का कुनैपनि कर्मचारीलाई कार्यालय प्रवेश गर्न दिइएको छैन । नियमित कार्यालय आएका कर्मचारीहरुभित्र छिर्न नपाएपछि अन्योलमा परेका छन् । परिषद्मा करिब २०० कर्मचारी कार्यरत छन् ।

परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले महत्वपूर्ण शाखाका कर्मचारीलाई प्रवेशपत्र बनाएर छिराउन एमाले निर्वाचन आयोगसँग समझदारी भएको बताउनुभयो ।

मतगणनास्थलमा पदाधिकारीका उम्मेदवार र गणकलाई मात्र प्रवेश दिइएको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पनि प्रवेश नपाएपछि फर्कनुप¥यो ।

गणनास्थलमा मोबाइल रिसिभ गर्न बन्देज लगाइएको छ । रिसिभ गर्ने व्यक्तिलाई कारवाही स्वरुप गणनास्थलबाट निकालिने सहमति पनि भएको छ ।

थप अपडेटका लागि दैनिक नेपाल हेर्दै गर्नुहोला ।