कञ्चनपुर, असार २९ । कैलालीको मसुरियाका वीरबहादुर दमाईलाई नशालु पदार्थ खुवाएर ३९ हजार भारतीय रुपैँया र मोबाइल लुटेराले लुटेका छन् ।
भारतको हरियानाबाट मजदुरी गरी घर फर्कंदै गर्नुभएका दमाईलाई भारतीय सीमावर्ती क्षेत्र वनबासामा नशालु पदार्थ सेवन गराएर लुटेराले लुटेका हुन् ।
बसमा यात्र गरिरहेको वेला उहाँलाई अपरिचित व्यक्तिले जुस दिएका थिए । त्यही जुस खाँदा उहाँ बेहोस हुनु भएको थियो । त्यही मौकामा लुटेराले लुटेका थिए ।
गत असार १७ गते पनि भारतको मुम्बईबाट घर फर्किएका रोल्पाका कर्ण बहादुर थापालाई नशालु पदार्थ खुवाएर वनबासामै लुटिएको थियो ।














प्रतिक्रिया