२९ आश्विन २०८३, बिहिबार

भानुको सम्झनामा देश–विदेशमा विविधि कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhanu-jayanti-final1

काठमाडौं, २९ असार । आज असार २९ अर्थात २०१औँ भानु जयन्ती । भानु जयन्तीको अवसर पारेर मुलुकभरी विभिन्न कार्यक्रमको आयाजना गरिएको छ ।

आइतवार राजधानीमा भानु प्रतिष्ठान नेपालले प्रभातफेरीको आयोजना ग¥यो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, गैर सरकारी सङ्घसंस्था र नागरिक समाजको सहभागिता रहको थियो ।

प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको प्रभातफेरी बागबजार, रत्नपार्क, जमल, घण्टाघर, रानीपोखरी हुँदै पुनः प्रज्ञा प्रतिष्ठानमा पुगेर समापन भएको थियो ।

भानु प्रतिष्ठानका महासचिव डिपी अर्यालले प्रभातफेरी कार्यक्रमको समापन गर्दै भानुभक्त आचार्य नेपाल भाषा तथा जातीय चेतनाका प्रतीक र राष्ट्रिय गौरव भएको बताउनु भयो ।

आदिकवि भानुभक्तको २०१औँ जन्मजयन्तीको उपलक्ष्यमा आइतवार नै रानीपोखरीको दरवार हाइ स्कुलस्थित उहाँको सालिकमा माल्यार्पण गरिएको थियो । नेपाली शिक्षा परिषद्ले आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ तथा साहित्यकारहरूले भानुभक्तको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्बाङले आदिकविले नेपाली भाषाको माध्यमबाट सम्पूर्ण नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न ठूलो योगदान गर्नुभएको चर्चा गर्दै नेपालीले उहाँलाई सदैव उच्च सम्मानका साथ स्मरण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकमा बसोवास गर्ने सम्पूर्ण जाति समुदायका बीचमा सहयोग र सद्भाव कायम गरी नेपाललाई व्यावहारिक रूपमा अघि बढाउन सकेमा आदिकविप्रति गरेको सम्मान सार्थक हुने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ, साहित्यकार रमा शर्मा, भीमबहादुर अधिकारी, विष्णुप्रसाद आत्रेय, दीर्घराज प्रसार्इंलगायतको सहभागिता थियो ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्म वि.स.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्म भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो।उहाँका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।
भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जिलिङ आसाम र डुवर्सलगायतका विशेष कार्यक्रम गरिन्छ ।