काठमाडौं, २९ असार । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीचको वैचारिक विवाद व्यवस्थापन गर्न छ सदस्यीय समिति गठन गरेको छ। स्थायी समितिको बैठकले शनिबार गठन गरेको समितिको संयोजकमा अध्यक्ष पुष्पकमल दाहाल नै छन्।
समितिमा भट्टराई, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा र नेता टोपबहादुर रायमाझी सदस्य रहेका छन्।
उपाध्यक्ष श्रेष्ठले पार्टीमा देखिएको वैचारिक विवाद व्यवस्थापन गर्न र पार्टीको नीतिलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न समिति गठन गरिएको जानकारी दिए।
पार्टीमा लामो समयदेखि दाहाल र भट्टराई पक्षबीच वैचारिक विवाद रहँदै आएको छ। यसलाई व्यवस्थापन गर्नका लागि विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले एक वर्षभित्र विशेष महाधिवेशन गर्नेु निर्णय गरेको थियो।
पार्टी प्रवक्ता दीनानाथ शर्माले विगतदेखि नै पार्टीमा देखिएका विवादलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै आएको बताए। ुअहिले देखिएको विवाद समाधान गर्न पनि समिति गठन गरेका छौं। नागरिक दैनिकबाट













प्रतिक्रिया