हेटौँडा, २८ असार । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आम जनताका लागि विकासका पूर्वाधारको बाँडफाँड र आइपरेका समस्याको समाधान गर्न सरकारले छिट्टै स्थानीय निर्वाचन गराउन गृहकार्य गरिरहेको बताउनु भएको छ ।
उपप्रधान मन्त्री सिंहले मकवानपुर जिविसद्वारा शनिवार आयोजित एक कार्यक्रममा राष्ट्रको पर्यटन र आर्थिक संवृद्धिका लागि काठमाडौँ र निजगढ जोड्ने फास्ट ट्र्याक र सुरुङमार्ग निर्माणका लागि सरकारले उच्च प्राथमिकताका साथ लगानी गर्ने बताउनुभयो ।
उहाँले जिल्लाको समग्र विकास निर्माणमा जिविसले पारदर्शी र निष्पक्ष भई योजना र बजेट बाँडफाँड गर्न ध्यान केन्द्रित गर्नु पर्दछ भन्नुभयो ।
मकवानपुर जिविसका स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माले चालु आर्थिक वर्षभित्र जिल्लामा विकास निर्माणको योजना पर्यटन र घरेलु क्षेत्रमा स्तरोन्नतिका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
















प्रतिक्रिया