२९ आश्विन २०८३, बिहिबार

‘प्यानल बनाउनु गलत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanal-1काठमाडौ, २८ असार । एमाले अध्यक्ष झलनाथ खनालले अध्यक्ष पदका दुई प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानल बनाउनु गलत भएको बताएका छन् । जारी नवौ महाधिवेशनमा शुक्रबार मतदान गरी बाहिरिूदै गर्दा खनालले यस्तो बताएका हुन् ।

‘प्यानल बनाउनु गलत भो । एमालेको इतिहासमै यस्तो पहिलोपटक भइरहेको छ । मैले त मतदान अघिसम्म पनि अध्यक्षका दुवै उम्मेदवारलाई अझै पनि सहमति हुनसक्छ भने गरौ भनेको थिए,’ खनालले भने, ‘लोकतान्त्रिक विधि अपनाउने कुरा भयो । दुवै पक्षबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । प्रतिनिधिले योग्य र राम्रालाई छनौट गर्नुहुनेछ भन्ने विश्वास छ ।’

अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपालले चुनावको माहौल राम्रो भएको प्रतिक्रिया दिए । उनले आफूले ९ मिनेटमा मतदान सकेको र यो अंक आफ्ना लागि शुभ रहेको बताए । अर्का प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिए । ‘सय प्रतिशतभन्दामाथि कुनै प्रतिशत छ भने त्यति प्रतिशत मेरो जित सुनिश्चित छ,’ उनले भने ।

प्यानल बनाउँदैमा पार्टी एकतामा आँच नआउने ओलीको तर्क थियो । ‘जो हार्छन् उनीहरु पनि एमाले नै रहन्छन् । मैले जिते सबैलाई समेटेर अघि बढ्छु,’ ओलीले भने । ओलीले आफूले ७ मिनेटमा मतदान गरेको बताए भने अध्यक्ष खनालले १० मिनेट जति लागेको बताए ।

निर्वाचन आयोगको सचिवालयबाट पहिले खनाल र नेपाल संगै मतदान केन्द्रतिर लागेका थिए । केहीबेरपछि नेता ओली पनि मिसिन आइपुगे । तर फेरि ओली पछि बसे भने खनाल र नेपाल अघि बढे ।

मतदानपछि सबैभन्दा पहिला नेपाल बाहिर निस्किए । सन्चारकर्मीले उनीसंग प्रतिक्रिया लिइरहूदा खनाल पनि निस्किए । सन्चारकर्मीको आग्रहमा प्रतिक्रिया दिनका लागि केहीबेर उभिएर बसिरहे ।

कसलाई मत दिनुभो रु भनेर सोध्दा खनालले खुलाउन चाहेनन् । संगै मतदान गर्नुभएको थियो, अध्यक्षले कसलाई मत दिनुभयो थाहा पाउनुभयो कि रु भनेर सोध्दा नेता ओलीले भने, ‘उहाूले कसलाई मतदान गर्नुभो मलाइ थाहा छ ।’

प्यानल बनाउनु गलत

एमाले अध्यक्ष झलनाथ खनालले अध्यक्ष पदका दुई प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानल बनाउनु गलत भएको बताएका छन् । जारी नवौ महाधिवेशनमा शुक्रबार मतदान गरी बाहिरिूदै गर्दा खनालले यस्तो बताएका हुन् ।

‘प्यानल बनाउनु गलत भो । एमालेको इतिहासमै यस्तो पहिलोपटक भइरहेको छ । मैले त मतदान अघिसम्म पनि अध्यक्षका दुवै उम्मेदवारलाई अझै पनि सहमति हुनसक्छ भने गरौ भनेको थिए,’ खनालले भने, ‘लोकतान्त्रिक विधि अपनाउने कुरा भयो । दुवै पक्षबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । प्रतिनिधिले योग्य र राम्रालाई छनौट गर्नुहुनेछ भन्ने विश्वास छ ।’

अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपालले चुनावको माहौल राम्रो भएको प्रतिक्रिया दिए । उनले आफूले ९ मिनेटमा मतदान सकेको र यो अंक आफ्ना लागि शुभ रहेको बताए । अर्का प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिए । ‘सय प्रतिशतभन्दामाथि कुनै प्रतिशत छ भने त्यति प्रतिशत मेरो जित सुनिश्चित छ,’ उनले भने । कान्तिपुर दैनिकबाट