२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशनको असर झेल्दै, अपाङ्गता भएका व्यक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

disability_wheelchair_medium

काठमाडौँ, २७ असार । राजधानीको भृकुटीमण्डपमा जारी नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । यही असार १९ गतेदेखि सुरु भएको महाधिवेशनका कारण भृकुटीमण्डप प्रवेश गर्ने मुख्य ढोका बन्द छ ।

त्यही मुख्य ढोकाबाट प्रवेश गरेर भृकुटीमण्डप भित्र रहेको अपाङ्ग महासङ्घ र राष्ट्रिय अपाङ्ग कोषमा दैनिक दर्जनौँ ह्विलचियर प्रयोग अपाङ्गता भएका व्यक्ति आवतजावत गर्थे । महाधिवशेनकै कारण ढोका बन्द भएपछि अहिले ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिलाई कठिनाइ भएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुर्दशन सुवेदीले भृकुटीमण्डपको मुख्य ढोका बन्द गर्दा ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएको व्यक्तिलाई आवतजावतका लागि असहज भएको बताउनुभयो । उहाँले मुलुकको नीति निर्माण गर्ने पार्टीमध्ये एक मुख्य पार्टीको महाधिवेशन भएकाले आफूहरूले केही असहजता झेल्दै पर्यटन बोर्ड नजिकैको बाटो प्रयोग गरिरहेको जानकारी दिनुभयो ।

बाटो बन्द भएर ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरू त्यही असहजताका कारण कार्यालय नै नआएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

त्यसैगरी, एमाले महाधिवेशनले भृकुटीमण्डपको आसपासमा रहेका स–साना होटलहरूको कारोबार पनि घटेको छ । भृकुटीमण्डपमा सधैँ राम्ररी चल्ने ‘ढकाल तन्दुरी’ का सञ्चालक नवराज ढकाल र ‘सीता फ्रुड एन्ड खाजा घर’ का सञ्चालिका हरिकला न्यौपानेले मूल ढोका बन्द हुँदा ७० प्रतिशत व्यापार घटेको गुनासो गर्नुभयो ।