२८ आश्विन २०८३, बुधबार

अन्तरराष्ट्रिय कविता प्रतियोगितामा राजेन्द्रको ‘कविता लेख्न बस्दा’ कविता प्रथम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11111111

विजय थापा

भर्जिनिया । ३२ औ एएनए डिसी सम्मेलनमा एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तराष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम हुनुभएको छ । विभिन्न १९ देशका ३ सय २९ कविहरुको प्राप्त कविता मध्ये उहाँको कविता सर्वोकृष्ट भएको हो । ‘कविता लेख्न बस्दा’ शिर्षकको उहाँको कविताले प्रथम पुरस्कार स्वरूप नगद एक हजार अमेरिकी डलर सहित् एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार पाएको छ ।

अमेरिकाको वाशिंगटन डिसीमा जुलाई ४ देखि ६ सम्म चलिरहेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका एएनएको ३२ औं सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । प्रतियोगितामा काभ्रेका अविरल ओझेलको कविता ‘प्रतिक्षा’ ले दोश्रो पुरस्कार स्वरूप नगद तीनसय डलर सहित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार पाएको छ ।

यसैगरी प्रतियागितामा काभ्रेकै कवि फूलमान बलको कविता तृतीय भएको छ । कवि बलले नगद दुईसय अमेरिकी डलर सहित बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार प्राप्त गरेका गर्नुभएको छ । गोवर्धन पूजाको संयोजनमा भएको उक्त प्रतियोगितामा सरुभक्त, वियोगी बुढाथोकी , विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती र डा. नेत्र एटम सम्मिलित अन्तिम निर्णायक समितिले पठाएको मूल्यांकनका आधारमा निर्णय गरिएको हो ।