२९ आश्विन २०८३, बिहिबार

विदेश लैजान्छु भन्दै फकाउनेलाई जेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi

इलाम, २७ असार । इलामको फिक्कल निवासी एक युवतीलाई विदेश पठाइदिने बहानामा मानव बेचबिखन गर्न खोज्ने दुई जनालाई जिल्ला अदालत इलामले बिहीबार दुई/दुई वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलाम पशुपतिनगर–९ की चन्द्रमाया तामाङ भनिने सेतीमाया तामाङ र फिक्कल–५ की विन्दु तामाङलाई दुई / दुई वर्षको कैद सजाय सुनाएको हो ।

उनीहरूले ती महिलालाई विदेश पठाइदिने भन्दै रु चार हजार लिएर ललाइफकाई घरबाट लगी मानव बेचबिखन कार्य गरेको भन्दै उनीहरूविरुद्ध पीडितका आफन्तले २०७० असोज १६ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएका थिए । यसअघि अदालतले गत कात्तिक ११ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।