२९ आश्विन २०८३, बिहिबार

चार आयोजनामा ऋण लगानी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydropower stationकाठमाडौ, २७ असार । जलविद्युत् विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका चार वटा विद्युत् आयोजनामा २ अर्ब ६० करोड रुपियाँ लगानी गर्ने भएको छ ।

ती आयोजनाबाट १२२।५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार चार महिनाभित्रै कर्जा प्रवाह हुने गरी ऋण लगानी सम्झौता भएको छ । बैंकमा ८ अर्ब रुपैयाँ राखेर ब्याजको कमाइ मात्र खाइरहेको आरोप लाग्दै आएपछि कम्पनीले अरू वाणिज्य बैंकसित सहवित्तीयकरण लगानीमा ती आयोजनामा ऋण लगानी गर्न लागेको हो ।

कम्पनीका अनुसार ४२ मेगावाटको मिस्त्री खोलामा ९६।६ करोड, २७ मेगावाटको दोर्दी खोलामा ५० करोड, २३.५ मेगावाटको सोलु खोलामा २० करोड र खानीखोला जलविद्युत् आयोजनामा ४० करोड ऋण लगानी गर्न लागिएको हो ।

कम्पनीले सरकारमार्फत विश्व बैंकबाट यसै साता आउने ४ अर्ब (४० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण ३७.६ मेगावाटको काबेली जलविद्युत् आयोजनामा लगानी गर्दै छ ।

यसको ब्याज ३ प्रतिशत हुनेछ भने विदेशी विनिमयको जोखिम काबेलीको प्रवर्द्धकले नै लिनुपर्नेछ । कम्पनीले निजी क्षेत्रले नै विकास गर्न लागेका थप ६ वटा विद्युत् आयोजनामा समेत ऋण लगानी गर्न तिनको आर्थिक तथा प्राविधिक पक्षको मूल्यांकन गरिरहेको छ ।

मूल्यांकनबाट ती आयोजना आर्थिक तथा प्राविधिक रूपमा फाइदाजनक देखिएमा तिनमा समेत कम्पनीले लगानी गर्ने रौनियारले बताए ।

कम्पनीले २१.६ मेगावाटको हेवा खोला, २५ मेगावाटको काबेली बी १, ८२ मेगावाटको तल्लो सोलुखोला, २० मेगावाटको स्मल वाग्मती, ३० मेगावाटको न्यादी खोला र ८२ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा पनि ऋण लगानीका लागि अध्ययन तथा मूल्यांकन गरिरहेको छ ।

अरू जलविद्युत् आयोजनामा लगानी गर्न थप रकम आवश्यक पर्ने भएकाले एसियाली विकास बैंक (एडीबी) सित सहुलियतपूर्ण ऋण लिएर तथा सेयर जारी गरेर आफ्नो लगानीको क्षमता बढाउने प्रक्रियासमेत कम्पनीले अघि बढाएको उनले बताए ।

स्थिर पुँजी ८ अर्ब रुपैयाँ भएको कम्पनीले एडीबीसित ५ अर्ब ९५० मिलियन अमेरिकी डलर० सहुलियपूर्णत ऋण तथा २ अर्ब रुपैयाँ बराबरको सेयर जारी गरेर कुल पुँजी १५ अर्ब रुपैयाँ पुर्‍याउने जनाएको छ ।

एडीबी उच्च अधिकारीको टोली साउन महिनामा नेपाल आएपछि वार्ता गरेर कम्पनीले लिने ऋणका सम्बन्धमा सहमति हुने जानकारी रौनियारले दिए । उनका अनुसार २ अर्बको सेयर जारी गर्न धितोपत्र बोर्डसित सहमति लिने प्रक्रिया अघि बढेको छ । कान्तिपुर दैनिकबाट