सङ्खुवासभा, २५ असार । सङ्खुवासभाको वाना गाविस–१ बस्ने अन्दाजी ४१ वर्षका एक व्यक्ति सोही गाविसका श्रेष्ठ थरकी एक महिलामाथि बलात्कार गर्न खोजेको आरोपमा थुनामा परेका छन् ।
मादक पदार्थ सेवन गरी बाटोमा हिँडिरहेकी युवतीलाई बलात्कार गर्न खोजेपछि स्थानीय जनताको सहयोगमा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको माम्लिङ–७ मा पनि नाम नखुलेका अन्दाजी वर्ष ५१ का शेर्पा थरका एक व्यक्ति पनि सुस्त मनस्थिति भएकी एक युवतीलाई बलात्कार गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन् ।
















प्रतिक्रिया