१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कोइरालाले बुधवार पाँचौँ पटकको रेडियो थेपारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौँ, २५ असार । प्रधानमन्त्री सुशील कोइरालाले आज पाँचाँै पटकको रेडियोथेपारी लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री कोइरालाले चौँथोपटक रेडियोथेपारी मङ्गलबार लिनुभएको उहाँका निजी चिकित्सक डा करवीरनाथ योगीले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइराखेको छ । चिकित्सक योगीले प्रधानमन्त्री कोइरालाको उपचारमा संलग्न चिकित्सकले पाँचौँ पटकसम्म रेडियोथेरापी लिनुपर्ने सुझाव दिएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था राम्रो रहेको डा योगीले जानकारी दिनुभएको उल्लेख गरिएको छ ।

पाँचाँै पटकको रेडियोथेपारी सम्पन्न भएपछि प्रधानमन्त्री कोइरालाको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नुहुने विज्ञप्तिमा जनाइएको छ ।

चिकित्सकको सल्लाहपछि मात्र प्रधानमन्त्रीको नेपाल फर्किने समय तय हुनेछ । चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री कोइराला उपचारका लागि यही असार २ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।