काठमाडौँ, २५ असार । राजधानीमा जारी नेकपा एमालेको नवौँ महाधिवेशनमा विधान संशोधन प्रस्ताव बन्दशत्र हलबाट पारित भएपछि अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबै समुहले आ–आफ्नो प्यानल घोषणाको तयारी गरेका छन् ।
नवौँ महाधिवशेनबाट पदाधिकारीको संख्या १४ जनाको हुने भएपछि दुबै समुहले प्यानल घोषणाका लागि आन्तरिक छलफललाई तिव्र बनाएका हुन् ।
नेपाल समुहले खुल्ला उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, महिलामा अष्टलक्ष्मी शाक्य, मधेशीमा लालबाबु पण्डित र जनजातिमा परशुमेघी गुरुङ्गलाई उम्मेदवार बनाउने अन्तिम तयारी गरेको छ ।
उक्त समुहले महासचिवमा सुरेन्द्र पाण्डेलाई उठाउने यस अघि नै निर्णय गरिसकेको छ । उपमहासचिबमा भने रघुजी पन्त र घनश्याम भुसाललाई उठाउने भएको छ । भुसाललाई उपाध्यक्ष बनाएर पन्त र गोकर्ण विष्टलाई उपमहासचिव बनाउने तयारी पनि उक्त समुहले गरेको थियो ।
सचिबमा भने पशुपति चौलागाई, पशुपति चौलागाई, योगेश भट्टराई, पशुपति चौलागाई, भीम आचार्य र प्रकाश ज्वालालाई उठाउने करिव निश्चित भएको छ । अध्यक्ष झलनाथ खनालले समेत नेपाल समुहलाई नै समर्थन गर्ने संकेत गरेपछि खनाल निकट मानिले आचार्यलाई सचिव बनाउन नेपाल समु्ह राजी भएको हो ।
यता ओली समुहले पनि खुल्ला उपाध्यक्षमा बामदेव गौतम र प्रदीप नेपाललाई उठाउने तयारी गरेको छ । महिलाबाट विद्या भण्डारी, जनजातिबाट पृथ्वीसुब्बा गुरुङ र मधेशीबाट धर्मनाथप्रसाद साह उम्मदेवार बन्ने करिव निश्चित भएको बुझिएको छ ।
किरण गुरुङको पनि उपाध्यक्षमा चर्चा छ । महासचिवमा भने ईश्वर पोखरेललाई उठाउने यस अघि नै निश्चित भएको थियो । त्यसैगरी उपमहासचिवमा बिष्णु पौडेल र शंकर पोखरेललाई उठाउने भएको छ । दुबै जना आठौँ महाधिवशेनबाट सचिव बन्नु भएको हो ।
ओली समुहले सचिवमा प्रदीप ज्ञवाली, रघुवीर महासेठ, बिष्णु रिमाल, छविलाल विश्वकर्मा र भानुभक्त ढकाललाई उठाउने बुझिएको छ ।
















प्रतिक्रिया