१ कार्तिक २०८३, आइतबार

अव एमालेमा पदाधिकारी संख्या १४, ज्ञवालीको प्रस्ताव हलबाट पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, २५ असार । नेकपा एमालेको राजधानीमा जारी महाधिवशेनको बन्दशत्र हलले पदाधिकारी संख्या थप्ने कि नथप्ने भन्ने विषयको विवादलाई अन्त्य गरेको छ । संगठन बिभागद्वारा प्रस्तुत बिधान संशोधन प्रस्ताबमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिब, दुईं उपमहासचिब र पाँच सचिब रहने प्रस्ताव गरिएको थियो ।

अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समुहबीच पदाधिकारी थप्ने वा नथप्ने भन्ने विषयमा विवाद भएपछि जारी बन्दशत्र हल नै स्थगित गरी बसेको स्थायी कमिटि बैठकले संगठन बिभागद्वारा प्रस्तुत बिधान संशोधन प्रस्ताबलाई केही संसोधन गरी पारित गर्ने निर्णय गरेको हो । ओली समुह पदाधिकारी नथप्ने र नेपाल समुह थप्नु पर्ने पक्षमा थिए ।

संगठन विभागका तर्फबाट युवराज ज्ञवालीले पदाधिकारीको संख्या १४ जनाको बनाउँने प्रस्तावलाई केही संशोधन गरी उपाध्यक्षमा महिला, मधेशी र जनजातिको आरक्षण सिट दिने र २ खुला गर्ने समहमति भएको एमालेले जनाएको छ । उक्त प्रस्तावलाई बन्दशत्र हलले पनि पारित गरेको छ ।

पाँच वर्ष अघि बुटवलमा सम्पन्न एमालेको महाधिवशेनले बहुपदीय अवधारणामा गएपछि अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव र तीन सचिवको व्यवस्था गरेको थियो ।