१ कार्तिक २०८३, आइतबार

सभासद्हरुलाई संविधान निर्माण भन्दा पनि आवास र गाडीको बढी चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc

काठमाडौँ, २५ असार । संविधान निर्माण गर्न संविधानसभामा गएका सभासदहरुको चिन्ता अहिले संविधान निर्माणमा भन्दा पनि आवास र भत्ता वृद्धिमा बढी भएको छ ।

अहिलेसम्म समयमा संविधान जारी गर्नु प¥यो भनेर एक दर्जन सभासद्ले पनि शीर्ष नेतालाई सामुहिक हस्ताक्षर बुझाउन सकेका छैनन् । त्यति मात्र होइन अहिलेसम्म आधा दर्जन सभासद्ले पनि मलाई जनताले संविधान जारी गर्न पठाएको हो, म त्यसमै दत्तचित्त छु भनेर सामुहिक हस्ताक्षर अभियान चलाउने आँट गर्न सकेका छैनन् ।

तर, आभास भत्ता तेब्वर गर्नुपर्ने, सभासद्ले चड्ने गाडीमा भन्सार छुट गर्नुपर्ने जस्ता माग राख्दै सरकारको ध्यानाकर्षण गराउन चाही २ सय बढी सभासद् हस्ताक्षर अभियान चलाउन राजी भएका छन् ।

ती सभासद्हरुले सरकारले दिँदै आएको ६ हजार ५ सय भत्तामा तेब्बर वृद्धि गुर्नपर्ने, भन्सार छुटको गाडी चड्न पाउनु पर्नेलगायतका माग राखेका छन् । सभामुख सुवासचन्द्र नेम्वाङमार्फत दुई सय भन्दा बढी सभासदको हस्ताक्षरसहित आफ्ना लागि सुरक्षित आवास र यातायात साधनको माग गर्दै सरकार समक्ष उनीहरुले निवेदन दिएको बताइएको छ । सभासद्हरुको मागपछि सरकारले पनि उनीहरुको सुविधाका लागि छलफल थालेको छ ।

सभामुखमार्फत दिइएको सभासदहरुको हस्ताक्षरसहितको निवेदन गृहमन्त्री वामदेव गौतम र अर्थमन्त्री रामशरण महतको टेबुलमा पुगेको बुझिएको छ । केही महिला सभासदले महिला सभाद्माथि लगातार आक्रमण र दुव्र्यवहार भएपछि आफूहरुले सुरक्षित आवास र यातायात माग सरकार समक्ष गरेको बताएका छन् ।