१ कार्तिक २०८३, आइतबार

पत्रकार हत्यामा संलग्नलाई जन्मकैदको फैसला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yadav paudel

इलाम, २५ असार । झापाका पत्रकार यादव पौड्यालको हत्यामा संलग्न तीन जनालाई पुनरावेदन अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीशद्वय उदयप्रकाश चापागाईं र गुणराज ढुङ्गेलको संयुक्त इजलासले मङ्गलबार पौड्यालको हत्यामा संलग्न झापाकै युवराज गिरी, फूलमाया भनिने मञ्जु ढकाल (कार्की) र सोमनाथ ढकाललाई जन्मकैदको फैसला सुनाएको पुनरावेदन अदालत इलामले जनाएको छ । अदालतले हत्यामा संलग्न ठह¥याइएका मदन राईलाई भने छ महिनाको कैद सजाय सुनाएको छ ।

विसं २०६८ चैत २१ गते झापाको विर्तामोडस्थित बसपार्कमा पत्रकार पौड्यालको हत्या भएको थियो ।

मोरङ सिजुवा घर भएका ३८ वर्षीय पत्रकार पौड्याल झापाको विर्तामोर्डबाट राजधानी दैनिक र एभिन्युज टेलिभिजनमा संवाददाताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।