२९ आश्विन २०८३, बिहिबार

नेपाल र ओली अन्तिम कसरतमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP & Madhavकाठमाडौं, २५ असार । एमाले महाधिवेशनले राजनीतिक प्रतिवेदन पारित गरेपछि अध्यक्षका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली नेतृत्वमा पुग्न अन्तिम कसरतमा लागेका छन्। दुवै पक्षले मंगलबार साँझ एकै समयमा प्रतिनिधिहरूको छुट्टाछुट्टै भेला गरी पार्टी अध्यक्षमा आफूलाई जिताउन आग्रह गरे।

नेपालले राष्ट्रिय सभागृहमा आयोजित सांस्कृतिक कार्यक्रमसहितको प्रतिनिधि भेलालाई सम्बोधन गरेका थिए। जनसांस्कृतिक मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल पक्षधर प्रतिनिधि र कार्यकर्ता सहभागी थिए। त्यसैबेला अर्का नेता ओली नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधिहरूको अर्को भेलालाई सम्बोधन गर्दै थिए।

विधान संशोधन प्रस्तावबारे मंगलबारको बन्दसत्रले निर्णय गर्ने आशामा दुवै पक्षले आफ्नो प्यानलको पदाधिकारी घोषणा गर्ने तयारी गरेका थिए। विधान टुंगो नलागेकाले प्यानल घोषणा भने हुन सकेन।

राजनीतिक प्रतिवेदन पारित भइसकेकाले अब महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ। विधानबारे निर्णय हुनेबित्तिकै प्यानल घोषणा गर्ने तयारी दुवै पक्षको छ।

नेपाल आफ्नो प्यानल बनाउन अध्यक्ष झलनाथ खनालको निवास डल्लु पुगेका थिए। पदाधिकारी नबढ्दा कुनकुन र पदाधिकारी बढे कुनकुन नेतालाई कुन पदमा उठाउने भन्नेबारे दुई नेताले केही सहयोगीसहित छलफल गरेका थिए। ओली पक्षका युवा नेता राजन भट्टराईले भने, ‘हामी विधानमा निर्णय हुनेबित्तिकै उम्मेदवार घोषणा गर्ने तयारीमा छौं।’

राजनीतिक प्रतिवेदन पारित भएपछि नेपाल पक्षले आफ्नो समूहको विचार पारित भएको जनाउँदै नेतृत्व पनि आफ्नो पक्षले जित्ने दाबी गरेको छ। ‘मेरो पक्षको विचार समूहको विचार पारित भएको छ। नेतृत्वको पनि परिणाम प्रस्ट छ, ;हामी आरामदायी बहुमतबाट विजयी हुन गइरहेका छौु’, नेपालले भने। अन्नपूर्ण पोष्ट दैनिकबाट