२९ आश्विन २०८३, बिहिबार

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

finance-1काठमाडौं, २५ असार । चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अर्थ मन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षणमा यो वर्षको वृद्धिदर ६ वर्षयताकै उच्च हुने प्रक्षेपण छ।

केन्द्रीय तथ्यांक विभागले पनि चालु आवमा ५.१५ को आर्थिक वृद्धिदर हासिल हुने आँकलन गरेको थियो। गत वर्ष यो साढे तीन प्रतिशत मात्रै थियो। सरकारले यसअघि ५.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो।

एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको आर्थिक वृद्धिदर साढे चार प्रतिशत रहने प्रक्षेपण गरेका छन्। ०६२/६३ को जनआन्दोलनपछि दोस्रोपटक नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत नाघेको हो। आर्थिक वर्ष २०६४/६५ मा वृद्धिदर ५.८ प्रतिशत थियो।

समयमा बजेट आयो र संविधानसभाको निर्वाचनपछि उदारीकरणको पक्षपाती सरकार नेतृत्वमा आयो। यसले निजी क्षेत्र उत्साहित भयो। परिणामस्वरुप ६ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुन लागेको छ,’ अर्थशास्त्री चिरञ्जीवी नेपालले मंगलबार भने, ‘समयमा मनसुनी वर्षा भएकाले कृषि उत्पादन बढेर आर्थिक वृद्धिदर उक्लिनमा मद्दत पुग्यो।’

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरेको छ।

मनसुनी वर्षा र रासायनिक मलको पर्याप्त आपूर्तिका कारण अधिकांश खेतमा रोपाइँ भएकाले कृषि क्षेत्रको वृद्धिदर राम्रो भएको हो। गत वर्ष कृषि क्षेत्रको वृद्धिदर १.१ प्रतिशत मात्रै थियो। मन्त्रालय स्रोतका अनुसार गैरकृषि क्षेत्रको वृद्धिदर ५.३ प्रतिशत रहने अनुमान छ। अघिल्लो वर्ष यो ४.६ प्रतिशत थियो। नागरिक दैनिकबाट