२९ आश्विन २०८३, बिहिबार

एसएसलसी पास सबैलाई साइकल उपहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cycle aविराटनगर, २४ असार । नेपाली कांग्रेसका सभासद् अमृत अर्यालले आफ्नो निर्वाचन क्षेत्र मोरङ ५ का सामुदायिक विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ पास भएका १११ विद्यार्थीलाई साइकल बाँडेका छन्।

साइकल वितरण कार्यक्रमको उदघाटन गर्न शिक्षामन्त्री चित्रलेखा यादव स्वयं पुगेकी थिइन्। उनले सभासद अर्यालको कामको प्रशंसा गर्दै सामुदायिक विद्यालयको अवस्था सुधार्न सरकारले राहत कोटा र अस्थायी शिक्षकको समस्या समाधान गर्न लागेको बताइन्।

मुलुकमा भएको परिवर्तन संस्थागन गर्न विद्यालयमा लगानी आवश्यक रहेको बताइन्।

उच्च शिक्षा अध्ययनका लागि आउजाउ गर्न सजिलो होस् भनेर अर्यालले सांसद कोषबाट प्राप्त रकममध्ये चार लाख ६७ हजारमा ती साइकल किनेर बाँडेका हुन्। नागरिक दैनिकबाट