२९ आश्विन २०८३, बिहिबार

सेनाविरुद्ध छानबिन नभएको भन्दै अन्तर्राष्ट्रिय निकायसँग गुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army & Manab Adhikar Aayogकाठमाडौं, २४ असार । राष्ट्रिय मानवअधिकार आयोग अझै पनि सरकारी नियन्त्रणमा चलेको आरोप लगाउँदै उसलाई घटुवा गर्न स्तर निर्धारण समिति जेनेभामा फेरि पत्र पठाइएको छ।

नेपाली सेनाद्वारा हुने मानवअधिकार उल्लंघनमा छानबिन गर्न पाउने अधिकार सुनिश्चित नभएको भन्दै नेपालका केही र मानवअधिकारसम्बन्धी गैरसरकारी संस्थाहरूको एसिया नेटवर्कले आयोगको स्तर निर्धारण गर्ने जेनेभास्थित अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) लाई पत्राचार गरेका हुन्।

पत्रमा आयोगलाई अन्तर्राष्ट्रिय मान्यतामा प्रथम श्रेणी (ए) बाट घटुवा गर्नुपर्ने आशय उल्लेख छ। आईसीसीले नेपालबाट फेरि पत्र आएको भन्दै केही दिनअघि मानवअधिकार आयोगको धारणा मागेको छ।

नेपालका केही एनजीओले दुई वर्षअघि पनि आयोगलाई घटुवा गर्नुपर्ने माग गर्दै पत्राचार गरेका थिए। उक्त उजुरीबारे निर्णय नहुँदै नेपालस्थित इन्सेक र थाइल्यान्डमा कार्यालय रहेको मानवअधिकारसम्बन्धी संस्थाहरूको एसियन एनजीओ नेटवर्क ९एएनएनआई० ले ३० जुनमा अर्को पत्र लेखेका हुन्। अन्नपूर्ण पोष्ट दैनिकबाट