२९ आश्विन २०८३, बिहिबार

ज्ञानेन्द्रलाई देशको चिन्ता, कमलको चाहीँ शाहलाई शुभकामना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganendr- sha

काठमाडौँ, असार २३ । पूर्व राजा ज्ञानेन्द्र शाहको ६८औं जन्मदिनमा उहाँलाई शुभकामना दिन राप्रपा नेपालका कमल थापादेखि शाहका आफन्त, साथीभाई र सर्वसाधारणसम्म निर्मल निवास महाराजगंज पुगेका छन् ।

शुभकामना लिनका लागि सोमवार विहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला गरिएको छ । जन्मोत्सव आयोजक समितिले दिएको जानकारी अनुसार पूर्व राजालाई शुभकामना दिन नेतादेखि सर्वसाधारणसम्मको निर्मल निवासमा भीड लागेको छ ।

थापा आफ्ना पार्टीका नेता कार्यकर्ताहरुसहित निर्मल निवास पुग्नु भएको थियो । नेपाली सेना र प्रहरीका सेवा निवृत्त अधिकृतहरु, ब्यापारी, कलाकार तथा पत्रकारहरु पनि पूर्व राजालाई शुभकामना दिन निर्मल निवास पुगेका छन् ।

शुभकामना लिने क्रममै संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले देश अहिले पनि जटिल परिस्थितिमा रहेको भन्दै मुलुकमा दिगो शान्तिको कामना गर्नुभयो ।