२९ आश्विन २०८३, बिहिबार

भेरीको टोली नेतामा ओलीका कँडेल, सोमवार नै समुहगत छलफल सुरु हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, असार २३ । नेकपा एमालेको राजधानीको भृकुटी मण्डपम जारी बन्द सत्रमा पेस भएका प्रतिवेदनमाथिको समुहगत छलफल सोमवारबाटै सुरु हुने भएको छ ।

समूह नेताको चयनको टुङ्गो नलागेकाले समुहतग छलफलमा ढिलाइ भएको थियो । आइतवार १९ मध्य १७ समुहको नेता छनोट भए पनि दुई ओटामा विवाद भएपछि आइतवारबाट सुरु हुने छलफलमा ढिलाई भएको थियो ।

विवाद भएका सगरमाथा र भेरीको समुहको नेता चयनमा विवाद भएको थियो । भर्खरै प्राप्त जानकारी अनुसार भेरीको समुह नेता छनोट भएको छ । ओली निकट मानिने यमलाल कँडेल भेरीको टोली नेता छनोट हुनुभएको हो । उहाँले ७० मत प्राप्त गर्नुभयो । नेपाल निकट मानिने विष्णु रिजालले भने ५२ मात्र मत पाउनुभयो ।

प्रचारविभाग प्रमुख प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार सगरमाथाको समुह नेता छनोट भएपछि समुहगत छलफल सुरु हुने छ । प्रतिबेदनमाथि समुहगतरुपमा छलफल भएपछि समुहका नेताले समुहले निकालेको निष्कर्ष बन्द सत्रमा प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि समुहगत छलफलमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको नेताहरुले जवाफ दिने छन् ।बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले सांगठनिक, सचिव युवराज ज्ञवालीले बिधान संसोधन, केन्द्रीय अनुशासन अयोग र लेखना परिक्षण आयोगको प्रतिवेदन पेश भएका छन् ।