२८ आश्विन २०८३, बुधबार

‘बहादुर बहिनी’ ले रुवाइन् अमेरिकाका नेपालीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Documentary_The Brave Sister (1)वासिङटन डिसी, अमेरिका, २३ असार । आफ्ना दाजुभाइको हत्यारालाई कारबाही गर्न माग गर्दै संघर्षरत सावित्री श्रेष्ठको पीडालाई समेटेर बनाइएको डकुमेन्ट्री “बहादुर बहिनी” अमेरिकामा प्रदर्शन गरिएको छ ।

अमेरिकाको वासिङटन डिसीस्थित होटल शेराटर प्रिमियरमा भएको एनएनएको ३२ औं सम्मेलनको अवसर पारेर निःशुल्क डकुमेन्ट्री देखाइएको हो ।

डकुमेन्ट्री हेर्दा धेरै नेपालीका आँखा रसाएका थिए । नेपालमा दण्डहिनताले पश्रय पाएकोमा डकुमेन्ट्रीका दर्शकहरुले नमिठो माने ।

पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ४० मिनेटको यो डकुमेन्ट्रीमा अन्तरजातीय विहेकै कारण भाई उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि श्रेष्ठ परिवारले गरेको संघर्षलाई पर्दामा उतारिएको छ । गणेश—उज्जन (भुवन) स्मृति प्रतिष्ठानले निर्माण गरेको डकुमेन्ट्रीको परिकल्पना गणेशमान लामा, सम्पादन राम श्रेष्ठ, संगीत जुगल डंगोल, छायाङ्कन विनोद विष्ट र बासुदेव न्यौपानेले गरेका छन् ।

२०५५ साल असार १० गते अन्तरजातीय विहे गरेकै कारण उज्जनको हत्या भएको थियो । भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका माइला दाइ गणेशकुमार श्रेष्ठलाई पनि २०५९ मंसिर ८ गते छोरी रचनाकै अगाडि गोली हानी मारिए । बाबाको विभत्स हत्याले छोरी रचनाले आफूलाई सम्हाल्न नसकी आत्महत्या गरिन् । एउटा घटनाले परिवारमा तीन जनाको ज्यान गएपछि सावित्री श्रेष्ठले गरेका संघर्ष, मिडिया र अधिकारकर्मीको संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, काठमाडौंको शरणार्थी जीवन, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई समेटिएको छ । “नेपालमा आफूले गरेको ज्यादतीलाई सत्ता वा शक्तिमा बस्नेहरूले पदमा हुँदा गरेको स्वाभाविक कामका रूपमा बुझ्ने प्रचलन स्थापित भएको छ । “बहादुर बहिनी” त्यसको एउटा नमुना हो ।” डकुमेन्ट्रीका निर्देशक पाण्डेले भने ।

Documentary_The Brave Sister2